सर्वोच्चको फुलकोर्ट शुक्रबार बस्ने
काठमाडौं फागुन ३ ।सर्वोच्च अदालतलको फुलकोर्ट बस्ने भएको छ । कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आह्वानमा हिजो बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग लगायत अदालत सञ्चालन, अदालत सुधार लगायका विषयमा छलफल भएको जनाइएको छ ।
सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि उनी नलम्बित भएका छन् ।
राणा निलम्बित भएसँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन् ।
समाज
थप सामाग्रीइजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
January 18, 2025
1.1kViews 443 Shares Share on Facebook Share on Twitter तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न…