ढलौटको मूर्ति सहित २ जना पक्राउ

काठमाडौं फागुन ५ ।महानगरपालिका-१५ डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्तिहरु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाईकुण्ड नगरपालिका-५ घर भएका २ जना १८/१८ वर्षीय किशोर रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा ज्याकेटभित्र लुकाई छिपाई ल्याएका उक्त मूर्तिहरु फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान कार्य भइरहेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…