सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं फागुन ५ । विदेशमा अध्ययनरत नेपाली युवतीको सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २५ वर्षीय एलिस भन्ने राजन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेकी नेपाली युवतीको सामाजिक सञ्चाल फेसबुकमा फेक प्रोफाइल बनाई अश्लित तस्वीर र भिडियो पोष्ट गरी अश्लिल स्टाटस लेखी पीडितका आफन्त लगायत साथीहरूलाई सेयर गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न राजनलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…