सुन-चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

7.0kViews
0
Shares
काठमाडौं : सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९६ हजार १०० रुपैयाँ कायम भएको हो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख ४ गते बिहीबारको राशीफल : पाथिभरा माताले रक्षा गरुन
अप्रिल 17, 2025
2.8kViews 459 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- प्रेमको बन्धनमा…