सवारी दुर्घटना गरी फरार प्रदिप थपलिया पक्राउ

काठमाडौं फागुन ६ । काठमाडौं महानगरपालिका-१६ गंगाहल नजिक सडकमा बिहीबार बिहान भएको सवारी दुर्घटना (हिट एण्ड रन) का चालक धादिङ सिद्धलेख गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका-५ घर भएका १८ वर्षीय बिकाश तामाङ र काठमाडौं महानगरपालिका-१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापाको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङ, धादिङबेशीबाट बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको धादिङ-काठमाडौं रुटमा चल्ने बस सहित पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको हो ।
घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…