जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं फागुन ७ । तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरीस्थित मिडप्वाईन्ट रेष्टुरेण्ट एण्ड क्याफेमा तास खेलिरहेको अवस्थामा नुवाकोट लिखु गाउँपालिका-४ घर भई पुरानो गुहेश्वरी बस्ने २८ वर्षीय रोशन गिरी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त क्याफेमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार २ सय ६० रुपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१० रिजाल चोकस्थित साकुरा रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५६ बर्षीय टुमराज लामिछाने लगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेण्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३ सय ७० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…