समाजसेवासँगै व्यवसायिक सफलताको उचाईमा भरत महर्जन, यस्ता छन् योगदान

ललितपुर । ललितपुरको धापाखेल निवासी भरत महर्जन अहिले समाजसेवासँगै व्यवसायिक सफलताका कारण चर्चामा छन् । प्रतिष्ठित संस्था सुमेरु ग्रुप अफ अर्गनाइजेशनका अध्यक्ष रहेका महर्जनले सामाजिक, धार्मिक, स्वास्थ्य, शिक्षा, आर्थिकलगायत थुप्रै क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । ‘सेवा नै धर्म हो, मन बचन र कर्मले सेवा गरौं’ भन्ने उद्देश्यका साथ अगाडि बढिरहेका महर्जनले सुमेरु ग्रुपका नाममा ११ वटा संस्था चलाउँदै आएका छन् ।वित्तिय कारोबार, शिक्षा, स्वास्थ्यसँगै विभिन्न व्यवसायिक क्षेत्रमा सफल र क्रियाशिल टिम भएकै कारण हिजोका गुमनाम पात्र महर्जन अहिले चर्चाको शिखरमा छन् । परोपकारी सोच र पुण्य कार्यमा क्रियाशिल महर्जनले सामाजिक, धार्मिक, स्वास्थ्य, शिक्षा, आर्थिकलगायत थुप्रै  क्षेत्रमा योगदान दिएका छन् ।                                                                                श्री कृष्ण माविको भवन निर्माणमा योगदान
आफूले अध्ययन गरेको धापाखेलस्थित श्री कृष्ण माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएसँगै समाजसेवी महर्जनले विभिन्न कार्यक्रमहरु गरी विद्यालयको स्तरउन्नतीमा योगदान दिएका छन् । आफ्नै पहलमा नेपालकै नमुना सामुदायिक विद्यालय भवन निर्माणका लागि जाइकाको सात करोड रुपैयाँ बराबरको प्रोजेक्ट ल्याउन सफल भएका महर्जनले २०७७ साल कात्तिक २६ गते विद्यालय भवन निर्माणको सिलान्यास कार्य सम्पन्न गरी हाल निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ ।अत्याधुनिक भवन निर्माण गरी सीटीईभीटीको विभिन्न कार्यक्रमहरु संचालन गर्ने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष महर्जनले खोपपत्रिकालाई जाकारि दिए । सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दै गएको समयमा प्राविधिक शिक्षा, लगायतका संकायहरुमार्फत निजी क्षेत्रबाट संचालित विद्यालय सरहको रोजाई र आकर्षणको केन्द्रमा सामुदायिक विद्यालयलाई पुर्याउने प्रमुख उद्देश्यमा आफू बिचलित नहुने महर्जन बताउँछन् ।
नेपालकै नमुना वडा कार्यालय निर्माणललितपुर महानगरपालिका वडा नं. २३ स्थित नेपालकै नमुना वडा कार्यालय बनाउन समेत उनै महर्जनले योगदान दिएका छन् । वडा कार्यालयको आफ्नै भवन नभएको अवस्थामा महर्जनको अध्यक्षतामा नेपालकै नमूना वडा कार्यालय बन्न सफल भएको छ । २५ आना जग्गामा झण्डै ८ करोड रुपैयाँको लागतमार्फत बाटोसहित आधुनिक, सुविधा सम्पन्न भवन निर्माणको महत्वपूर्ण योगदानमा उनै महर्जन जोडिएका थिए ।वडा कार्यालयमा पर्याप्त पार्किङ्ग सुविधा, प्रविधियुक्त बैठक तथा व्यवस्थित कार्यकक्ष, अपाङ्गमैत्री एवम् आधुनिक सुविधा सम्पन्न संरचना सहित स्वच्छ वातावरणीय र हरियाली कम्पाउण्डयुक्त रहेको छ । वडाको आफ्नै कार्यालय नभएर दैनिक प्रशासनिक कार्य गर्न कठिन भएको अवस्थालाई मध्येनजर गर्दै महर्जनले बिजुली, पानी र घर बहालसमेत नलिने सार्वजनिक घोषणा गरी वडा कार्यालयलाई दैनिक प्रशासनिक कार्य गर्न आफ्नै निजी घर विगत केही बर्षदेखी उपलब्ध गराउँदै आएका थिए ।सातदोबाटो प्रहरी बृत्तको भवन निर्माण
विद्यालय र वडा कार्यालय मात्रै नभएर महर्जनले सातदोबाटो प्रहरी बृत्तको पुरानो भवनको दयनीय अवस्थाबाट छुटकारा दिलाउन भुमिका खेलेका थिए । दैनिक कामकाजमा खटिने प्रहरीले टिनले बारेर काम गर्नुपर्ने अवस्था अन्त्य गर्न भन्दै नयाँ भवन निर्माणका लागि आफू उपाध्यक्ष रही आफैबाट सुरुमै नगद ८ लाख एक हजार रुपैयाँ सहयोग गरेर भवन निर्माण सुरु गरेका महर्जनले २०७० साल पुष १४ गतेबाट सुरु गरी २०७१ साल भदौ १५ गते प्रहरी बृत्तको भवन निर्माण सम्पन्न गर्न महत्वपूर्ण योगदान दिएका थिए ।यो भवन निर्माण सम्पन्न गर्न वरिष्ठ हाँस्य कलाकार किरण केसी ‘रातामकै’को अध्यक्षतामा रहेको समितिमा उपाध्यक्ष रहेका महर्जनले नै सक्रिय र विशेष भूमिका निर्वाह गरेर बनाइएको भवन तत्कालिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको प्रमुख उपस्थितिमा नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।सातदोबाटो ट्राफिक भवन निर्माण
धुलो, धुँवा नभनी अहोरात्र खट्ने ट्राफिक प्रहरीको काम काजलाई सहज बनाउन महर्जनले आफ्नै अध्यक्षतामा आलिशान ट्राफिक भवन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ट्राफिक भवन निर्माण गर्न अध्यक्ष महर्जन आफैले १५ लाख रुपैयाँ सहयोग गरी भवन निर्माण कार्य अघि बढाएका थिए । २०७२ साल असोज २६ गते सम्पन्न भएको भवन तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका थिए । उक्त भवन नेपाल ट्राफिकको इतिहासमा केन्द्रीय कार्यालयपछि सबैभन्दा राम्रो र आधुनिक भवन भएको बताइने गरेको छ ।समाजसेवी महर्जनले धापाखेल बुद्ध विहार, सातदोबाटो युथ क्लव, खुमलटार युथ क्लव, टोलसुधार समिति धापाखेललगायतमा विभिन्न भूमिकामा रहेर समेत समाजसेवाको क्षेत्रमा योगदान दिदै आइरहेका छन् । महर्जनको यस्ता कार्य त उदाहरण मात्र हुन् । परोपकारी सोच र पुण्य कार्यमा सदा अगाडि बढ्ने महर्जनले धार्मिक, स्वास्थ्य, शिक्षा, आर्थिकलगायत थुपै्रै क्षेत्रमा योगदान दिएर हजारौँलाई रोजगारिको अवशर समेत दिएका छन् ।स्मार्ट पुलिस कन्ट्रोल रुम निर्माण
महानगरीय प्रहरी परिसर, ललितपुरमा कन्ट्रोल रुमको अभाव भई ललितपुर जिल्ला भरीको शान्ति सुरक्षाका लागि खटिएका प्रहरीलाई काम गर्न समस्या परिरहेको अवस्थामा स्मार्ट कन्ट्रोल रुम निर्माणमा समेत उनै भरत महर्जनले सहयोग गरेका छन् ।

विभिन्न माध्यमबाट प्राप्त हुने सूचना तथा खबरहरुलाई छिटो एवम् चुस्तरुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम तथा नियन्त्रणका लागि गरिने प्रहरी परिचालनको प्रक्रियालाई कम्युटरमा अभिलेखीकरण गराएर स्मार्ट पुलिस कन्ट्रोल रुम स्थापना गर्न समाजसेवी महर्जनले नै भौतिक संरचना तथा फर्निसिङ्गका लागि सहयोग जुटाएको पाइएको छ ।
ट्राफिक महाशाखालाई फस्ट—एड व्याग हस्तान्तरण
गत असाज महिनामा ट्राफिक प्रहरीलाई फस्ट—एड (प्राथमिक उपचार) ब्यागसहितका सामाग्री समेत समाजसेवी महर्जनले नै वितरण गरेका थिए । महर्जनले झण्डै सत्र लाख रुपैयाँ बराबरको १६ सय ५० थान फस्ट—एड (प्राथमिक उपचार) ब्याग तत्कालिन महाशाखा प्रमुख एसएसपी जनक भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

फस्ट—एड ब्यागमा अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीलाई चाहिने प्राथमिक उपचारका लागि स्वाथ्य सामाग्रीदेखि डायरी, कलम, स्यानीटाइजरलगायतका सामाग्रीहरु वितरण गरिएका थिए । ललितपुरकै सफल मानिएको सुमेरु सहकारीसँगै, सुमेरु मार्ट, सुमेरु अस्पताल, विभिन्न कलेज लगायतका क्षेत्रबाट सेवामुलक सुविधासँगै रोजगारी सिर्जना गरिरहेका महर्जन आफू चर्चामा आउन भन्दा गुमनाम रहन रुचाउँछन् ।सहयोगी भावनाका महर्जनको व्यवसायिक सफलता लोभलाग्दो भएको उनका ब्याजीहरुले बताउने गरेका छन् । उनै महर्जन गतबर्ष राष्ट्रपति भण्डारीद्धारा प्रबल जनसेवाश्री चतुर्थबाट सम्मानित भएका थिए ।

Facebook Comments Box
TOP
Shares