जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

नुवाकोट फागुन ९   ।  २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबपुरी गाउँपालिका-७  नयाँगाउँ  बस्ने २५ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती महिलालाई फोनमार्फत् काम छ भनि आफ्नै घरमा बोलाएर शनिबार दिउँसो जबरजस्ती करणी गरेको र महिला उक्त ठाउँबाट आफ्नो घरतर्फ फर्किने क्रममा सोही ठाउँस्थित बाटोमा सुजनले पनि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोबताएको  छ ।

Facebook Comments Box
TOP
Shares