गठबन्धन जोगाउन हरसंभव कोसिस गर्ने निर्णय-माओवादी केन्द्र

काठमाडौं : नेकपा माओवादी केन्द्रले यथास्थितिमा अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले बताए।

सो बैठकले गठबन्धन जोगाउन हरसंभव कोसिस गर्ने निर्णय समेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यथास्थितिमै एमसीसी अनुमोदन गर्न सत्तासहयात्री दलहरुलाई आग्रह गरिरहेका छन्। एमसीसीबारे सत्ता साझेदारी दलहरुबीच सहमति जुट्न नसकेपछि आजका लागि बोलाइएको संसद बैठक स्थगित भएको छ।

Facebook Comments Box
TOP
Shares