यो मलाई तपाईले जीवित देखेको अन्तिम समय हुन सक्छ : भोलोडिमिर जेलेन्स्की
युक्रेनमा रुसले आक्रमण गरेको तेस्रो दिनमै रुसी सेना मिसाईल आक्रमण गर्दै राजधानी किभमा प्रवेश गरेपछि भीषण युद्ध जारी छ । युक्रेनले रुसी वार प्लेन खसाल्नुका साथै ३५ सय बढी रुसी सेना मारेको दाबी गरेको छ । रुसले युक्रेनको २ सय बढी सैन्य अखडाहरु ध्वस्त पारेको दाबी गरेको छ ।
यसैबीचमा अमेरीकाले युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीलाई उद्धार गरेर लैजान गरेको प्रस्ताव अस्वीकार गरेका छन् । उनले आफूले देशका लागि गद्धारी गर्न नसक्ने भन्दै आफूलाई गाडी हैन हतियार चाहिएको बताएका छन् ।
यसै क्रममा उनले भिडियो सन्देशमा आफूलाई युरोप र अमेरीकाले एक्लै युद्धका लागि छाडेको भन्दै भावुकता व्यक्त गरेका छन् । उनले युरोपेली नेताहरुलाई भनेका छन्, यो अन्तिम पटक हुन सक्छ तपाईहरुले मलाई जीवित देखेको ।
अबको केही घण्टाहरुमा रुसले किभलाई नियन्त्रणमा लिन सक्ने आकंलन गुप्तचर एजेन्सीहरुले गरीरहेका छन् ।तीन दिनको युद्धमा हजारौँ मानिसको मृत्यु भएको आशंका गरिएपनि यसको एकिन तथ्यांक आउन बाँकी छ ।
समाज
थप सामाग्री-
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
-
यू-१९ महिला विश्वकपः नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य
-
यू १९ महिला विश्वकपः बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
-
बक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
-
इजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
अमेरिकामा कहिलेदेखि बन्द हुन्छ टिकटक ?
January 18, 2025
1.1kViews 297 Shares Share on Facebook Share on Twitter वासिङ्टन डिसी । चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कदम नउठाए…