फाल्गुन १५ गते आइतबारकाे राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य,दोलखा भिमसेन ले सबै को रक्षा गरून्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ।
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । मानसिक चन्चताले बिद्या असफल रहला ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भोगबिलासीताका क्षेत्रमा मन जानेछ। हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ।
बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजनको साथ सहयोग प्राप्त होला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ ।
मिन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । बिद्या प्राप्ति को योग रहेको छ । सहि समयमा सहि निर्णय गर्न सकिने छ ।
समाज
थप सामाग्री५६ अंकले बढ्यो नेप्से
October 6, 2024
1.5kViews 409 Shares Share on Facebook Share on Twitter काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ५६ अंकले बढेको छ…