निर्वाचनको एक महिनाअघि मतपत्र छापिने
काठमाडौँ फागुन १८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रमबमोजिम मतदानको १५ दिनअघि छ हजार ७४३ वडामा मतपत्र पुर्याउन समस्या हुने भएकाले पहिले नै मतपत्र छाप्ने प्रक्रिया सुरु हुने बताए । आयोगले मतदान हुनुभन्दा १७ दिनअघि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । मतपत्रमा अन्तिम नामावलीबमोजिमका उम्मेदवार र चुनाव चिह्न राख्न समय अभाव हुने आयोगले जनाएको छ । आयोगले वैशाख ३० गतेका लागि निर्धारित मतदानभन्दा करिब एक महिनाअघि नै मतपत्र छाप्ने कार्य सुरु गर्नेछ । स्थानीय तह निर्वाचन ऐनअनुसार आयोगले निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि प्रचारप्रसारका लागि बढीमा १५ दिनको अवधि रहने गरी प्रकाशन गर्नुपर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्रीमनकामना केबलकार असोज २९ देखि तीन दिन बन्द हुने
October 14, 2024
1.7kViews 474 Shares Share on Facebook Share on Twitter काठमाडौं । मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने…