डिप्रेसनका बिरामी २५ प्रतिशतले बढेः डब्लूएचओ
फागुन १९ ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो । डब्लूएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डन गे्रले भनेका छन्, ‘आकारका हिसाबले यो निकै ठूलो बृद्धि हो ।’ मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको १९ को ठूलो प्रभाव रहेको ब्रिफिङले देखाएको उनले बताए ।उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत बृद्धि देखिएको थियो । पुरुषभन्दा महिला र किशोरीहरु कोभिडबाट प्रभावित भएका थिए । महामारीको समयमा महिलाहरु सबैभन्दा बढी प्रभावित भएको अक्टोबरको सुरुमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा दर्शाइएको थियो ।
कोभिड महामारीको प्रारम्भिक वर्षमा मात्र डिप्रेसन र चिन्ताका बिरामीहरुको संख्या एक चौथााइले बढेको ल्यान्सेटको एउटा अध्ययनले देखाएको छ ।एजेन्सी
समाज
थप सामाग्रीइजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
January 18, 2025
1.1kViews 443 Shares Share on Facebook Share on Twitter तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न…