सांस्कृतिक संघको केन्द्रीय सदस्यमा जानकी मनोनित

काठमाडौं फागुन १९ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघमा समाजसेवी तथा गीतकार जानुकी बज्राचार्य मनोनित भएकी छिन् । 

नेपाली कांग्रेसको छाता मुनि रहेर सांस्कृतिक गतिविधिका माध्यमबाट नेपाली कांग्रेसको उत्थान, प्रवद्र्धन र संगठनको समग्र सुदृढिकरणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएकी बज्राचार्यलाई फागुन १८ गते नेपाल सांस्कृतिक संघको कार्यालयमा केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

सो मनोनित कार्यक्रममा नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति तिर्थ थापा, वरिष्ठ उपसभापति जनार्दन आचार्य, महामन्त्रीद्वय दुर्गा रायमाझी र शिव शंकर रिमाल, सह—महामन्त्री शशी विक्रम थापा, कोषाध्यक्ष राधिका हमाललगायतको उपस्थितिमा बज्राचार्यलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।

केन्द्रीय सदस्यमा मनोनित बज्राचार्यले नेपालकै सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीतमार्फत् जनतासम्म पु¥याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिककर्मीहरुको हक हित संरक्षणका लागि आफूले महत्वपूर्ण योगदान दिने बताएकी छिन् । लोकतन्त्रप्रति विश्वास राख्ने समग्र सांस्कृतिककर्मीहरुको प्रतिनिधित्व गर्दै नेपाली भाषा, कला, साहित्य, गीत, संगीत र संस्कृतिका विभिन्न विधामा सक्रिय सांस्कृतिकर्मीहरुको हकहित र संरक्षणमा अझै सशक्तरुपमा क्रियाशिल रहने प्रतिवद्धता जनाउने र संस्थाप्रति निरन्तर बफादार रही साथ र सहयोग निरन्तर गरिरहने नवनियुक्त केन्द्रीय सदस्य जानकी बज्राचार्यले बताएकी छिन् । सुनसरी जिल्लाको धरान नगरपालिका स्थायी घर भएकी बज्राचार्य नेपाली कलाकारिता क्षेत्रमा कलम चलाउने व्यक्ति पनि हुन् ।

Facebook Comments Box
TOP
Shares