मानव बेचविखन तथा ओसारपसार गर्ने लामा पक्राउ
काठमाडौं फागुन २० । मानव बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-४ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ घर भएका ३९ वर्षीय मोती लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई एउटा मृगौला झिक्दा खासै फरक नपर्ने र ८ लाख रुपैयाँ हात पर्छ भनी प्रलोभन देखाई मृगौला झिक्नको लागि भारत लैजाने प्रयोजनार्थ काठमाडौं महानगरपालिका-१६ माछापोखरी ईलाकामा ल्याई राखिएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले माछापोखरीस्थित होटल न्यू दक्षिणकालीबाट दुईजना पीडितहरुलाई उद्धार गर्नुका साथै मोतीलाई पक्राउ गरेको हो ।
उनलाई मानब बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।
समाज
थप सामाग्रीबक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
January 18, 2025
1.3kViews 212 Shares Share on Facebook Share on Twitter मुम्बई । धेरै अवरोधहरू पछि कंगना रनौतको बहुप्रतिक्षित राजनीतिक ड्रामा फिल्म…