कर्तव्य ज्यान सम्बन्धी कसूरमा संलग्न २ जना पक्राउ

काठमाडौं फागुन २१ । बुढानिलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका मदे भन्ने ३२ वर्षीय मान बहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय याकुब चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर रहेका छन् ।
बुढानिलकण्ठ नगरपालिका-५ स्थित दुलाल गाउँ हाल श्रीनगर टोलमा गत मंगलबार मान बहादुर रावतको रगताम्य अवस्थामा शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानिलकण्ठ नगरपालिका-५ स्थितमा मान बहादुरसँग भेट हुँदा याकुबले लागूऔषध खरिद गर्न नगद ३५ हजार रूपैयाँ दिएको र मान बहादुरले लागूऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले मान बहादुरलाई कुटपिट र बाँसको लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाई दुवैजना फरार भएका खुल्न आएको हो । प्रहरीले घटनामा प्रयोग भएको १ थान बाँसको लठ्ठी समेत बरामद गरेको छ ।
उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भइरहेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.9kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…