जनकपुरमा गोली चल्यो, युवक घाइते

जनकपुरधाम, २२ फागुन । धनुषामा एक युवकमाथि गोली प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ मा शनिबार राति गोली चलेको हो ।

गोली लागेर १८ वर्षीय मुकेश मुखिया घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दए । उनका अनुसार किराना पसलमा बसेर ६÷७ जनाको समूह कुराकानी गरिरहँदा एक्कासि उनीमाथि गोली प्रहार भएको थियो ।

मुखियाको चिउँडोमा लागेको गोली घाँटीमा गएर अड्किएको छ । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको छ । गोली कसले प्रहार गरेको भन्ने खुलेको छैन । प्रहरीले घटनस्थलबाट पेस्तोल बरामद गरेको जनाएको छ ।

Facebook Comments Box
TOP
Shares