बारामा कांग्रेसको निर्वाचन स्थगित
वीरगन्ज : बारामा नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा फर्जी मत खसेको पाइएपछि विवाद हुँदा निर्वाचन नै रद्द गरिएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कलैया स्थित सिद्धेश्वर संस्कृत मावि परिसरमा शनिबार जारी मतदानका क्रममा बेलुकी साढे ७ बजेतिर विवाद भएपछि निर्वाचन रद्द स्थगित गरिएको हो । एक पक्षले मतपत्र कब्जामा लिएर फर्जी मत खसालेको भन्दै अर्को पक्षले विवाद झिकेर नाराबाजी गरेको थियो। कांग्रेसका केही नेता कार्यकर्ताले मतपत्र कब्जामा लिएर फर्जी मत खसालेको विषयमा विवाद भएपछि निर्वाचन रद्द गरिएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए । मतपेटिकामा खसिसकेका करिब १ हजार ३ सय मतपत्रमा आगो लगाइएको जानकारी पनि उनले दिए । उप्रेतीका अनुसार , निर्वाचन क्षेत्र नम्बर २ को बुथमा फर्जी मत खसेको विषयमा विवाद भएको र अनुगमन गर्दा अमर्यादित र उच्छृङ्खल गतिविधि भएको थियो । फागुन १९ गते उम्मेदवारी दर्ता भएपछि मतदानको व्यवस्थापकीय तयारीका लागि कम्तिमा पनि ४ दिनको समय चाहिने भनेर आफूले भने पनि उम्मेदवारहरुले नमानेको कारणले समस्या भएको उनले बताए । स्थगित निर्वाचनका बारेमा आइतबार कांग्रेस बाराको नेतृत्व र उम्मेदवारबीच छलफल गरेर निर्वाचनको अर्को मिति तय गरिने उप्रेतीले जानकारी दिए । यता सभापतिका उम्मेदवार शम्भुबहादुर बुढाथोकी र रामानन्द यादव पक्षले भने सभापतिका अर्का प्रत्याशी कलैया उपमहाननगरपालिकाका मेयर राजेशराय यादव पक्षले मतपत्र कब्जामा लिएर फर्जी मत खसालेको आरोप लगाएको छ ।
प्रमुख निर्वाचन अधिकृत उप्रेतीलाई प्रभावमा पारेर राजेशराय यादवले पक्षले निर्वाचनमा धाँधली गरेको बुढाथोकी र रामानन्द यादव पक्षको भनाइ छ ।
कांग्रेस बाराको नेतृत्वका लागि सभापतिमा ३ जना नेताको प्रतिस्पर्धा छ । तीनै जना नेताले आ आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेशराय यादव छन् भने शेखर कोइराला र कृष्ण सिटौला पक्षबाट राजेशराय यादवले उम्मेदवारी दिएका हुन् ।
७ पदाधिकारी सहित ८० पदका लागि २ सय २७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बाराको ४ वटा निर्वाचन क्षेत्रबाट गरी कुल मतदाता २ हजार ४ सय ८१ जना छन् । अन्नपूर्ण पोस्ट बाट
समाज
थप सामाग्री‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छुः केकी अधिकारी
January 25, 2025
2.0kViews 355 Shares Share on Facebook Share on Twitter काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा…