माओवादी बैठक २ बजे बस्ने

काठमाडौं फागुन २२ । आइतबार ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको जानकारी गराएका हुन् । माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेस मा बस्ने मुख्यसचिव ढकालले जनाएका छन् । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ । माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने बताइएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन
१ दिन अगाडि
2.1kViews 274 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- रमाइलो तरिकाले…