सुनको मूल्य ताेलामा एक लाख रुपैयाँ नाघ्याे

काठमाडौँ, २२ फागुन । सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ ।

चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ  । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
Shares