एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

काठमाडौं फागुन २३ नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पहिलो पटक बस्दैछ । काठमाडौंको एक पार्टी प्यालेसमा ११ बजेपछि बस्ने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदबाट अनुमोदन भएको एमसीसीबारे जानकारी गराउने कार्यक्रम रहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार त्यसको अलवा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । पहिला एमसीसीको विरोध गर्दै आएको समाजवादी अन्तिम समयमा एमसीसी अनुमोदनको पक्षमा उभिएको थियो । तर, सम्मानित नेता झलनाथ खनाललगायतका केही नेताले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपनि त्यसको तात्विक अर्थ नरहेको भन्दै आपत्ति जनाउदै आएका छन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
अप्रिल 26, 2025
1.7kViews 396 Shares Share on Facebook Share on Twitter म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा…