प्रहरीको सेटिङ्ग मा राजधानि मा हुन्डी कारोबारीको विगविगी
काठमाडौं फागुन २३ । प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीको आशंकामा अमित अग्रवालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले १ करोड ५० लाख नगदसहित काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई पक्राउ गरेको हो । बागफस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा प्रक्राउ गरेको प्रहरीले बताएको छ । प्र्हरीले अग्रवालको साथबाट १ करोड ५० लाख नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी कार्यालले बताएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाको नाकैमा विजय सिंगल(नाघोरी)को हुण्डी कारोबार
काठमाडौंको नयाँसडकस्थित झोछेँमा देखाउटी रुपमा सामान्य अफिस राखेर विभिन्न इलेक्ट्रीकल समान बेच्ने गरेका विजय सिंगल(नाघोरी)को मुख्य काम भने हुण्डी कारोवार रहेको छ । विगत लामो समयदेखि काठमाडौमा बसेर हुण्डीको कारेवार गर्दै आएका विजयका दाई अशोक भने भारतमा बसेर विजयलाई सहयोग गरिरहेका छन । विजय सिंगल(नाघोरी)ले नेपालमा हुण्डीको कारोवार गर्ने र उनका दाई अशोकले भारमा बसेर हुण्डीको कारेवार हेर्ने गरेका छन । विजयले झोछेँमा राखेको अफिस र आफु बस्ने घरबाटै हुण्डकिो कारोवार गर्ने गरेका छन । भोटेवहाल ओरालो नजिक बस्ने गरेका विजयले विभिन्न सहकारी संस्था र बैंकहरु मार्फत पनि हुण्डीको कारोवार गर्ने गरेका छन । हुण्डीकारोवार गर्नेलाई छिटिपुट रुपमा प्रहरीले पक्राउ गरेपनि विजय सिंगलको हुण्डी धन्दा भने फस्टाई रहेको छ । न्युरोडको पुरानो नगरपालिका अगाडी सामान्य अफीस लिएर हुण्डी कारावार गर्दै आएका विजयले भोटेवहालबाट समेत हुण्डी कारेवार गर्ने गरेको स्रोतले बताएको छ । विजयले भारत,दुवइ तथा अन्य देशहरुमा हुण्डी बाट ठूलो रकम पठाउने गरेका छन । उनले काठमाडौंमा रकम संकलन गर्ने र अर्को कुनै देशका मानिसले भुक्तानी पाउने गरी गोप्य कोडको आधारमा पैसा पठाउँछन र अर्को ठाउँबाट वा देशबाट भुक्तानी हुन्छ यसरी अबैध तरिकाले हुण्डीको कारोबार उनले विगत लामो समय देखि गर्दै आएका छन । भारत घर भएका विगज लामो समयदेखि काठमाडौं बस्दै आएका छन । विजयको हुण्डी कारोवारमा प्रहरीले पनि अप्रत्यक्ष रुपमा साथ दिएको समाचार स्रोतले बताएको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको अगाडी वसेर विगत लामो समय देखि हुण्डी कारोवारगर्दै आएका विजयलाई अहिले सम्म समाउन सकेको छैन । केहि घुमुवा प्रहरी तथा केहि व्यापारीकै सहयोगमा विजयले जनसेवाको नाकैमा अबैध धन्दा चलाई रहेको बताईएको छ ।
समाज
थप सामाग्री-
प्रधानमन्त्री केपी ओलीविरूद्ध अराजक अभिव्यक्ति दिनेहरूमाथि प्रहरीले बढायो निगरानी
-
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर
-
भारतसँग गरिएको १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता विरुद्धको रिट खारेज
-
रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार
-
जिल्ला अदालत कास्कीले म्याद नथपे पनि रवि रिहा नहुने
सनी लियोनीले फेरि गरिन् बिहे
November 5, 2024
1.3kViews 284 Shares Share on Facebook Share on Twitter नयाँ दिल्ली । बलिउड अभिनेत्री सनी लियोनीले दोस्रो पटक बिहे गरेकी…