मिटर ब्याजको अवैधधन्दामा पृथ्वीधर शर्मा

काठमाडौं फागुन २३  । देशकै ठूलो व्यापारीक केन्द्र काठमाडौको न्युरोडमा  नै  ‘मिटर ब्याज’को अवैध धन्दा मौलाउँदै गएको छ । नयाँसडकको पाको स्थित घरबाटै  पृथ्वीधर शर्माले मिटर ब्याजको कारोबार गर्ने गरेको अरुण सरावगीले बताए । पृथ्वीधर शर्माले करोडौं रुपयाँ मिटर व्याजमा लगानी गर्ने गरेको उनले बताए । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम झनै बढाएको छ। पृथ्वीधर शर्माले चर्को व्याजमा कसैलाई जग्गा राखेर त कसैलाई चेक लिएर लगानी गर्ने गरेको पिडित सरावगीले बताए ।  उनले मिटर व्याजमा लगानी गरेपछि व्याज र साँवाको चेक लिने श्रणीलाइ धम्काएर ठुलो रकमको चेक काट्न लगाउने र पैसा असूली गर्ने गरेको सरावगीले बताए । शर्माले  समस्यामा परेकाहरूलाई चर्को ब्याजदरमा ऋण दिएर जमानीको रूपमा खाली चेकमा हस्ताक्षर गराउने वा जायजेथा आफ्नो नाममा पास गराउने गर्दै आएका छन । उनले ५० प्रतिशतसम्म ब्याज लगाउने र साउँभन्दा तेब्बर ब्याज लिए पनि कहिल्यै साउँ नै नसकिने चक्र निर्माण गरेर खाली चेकमा आफू अनुकूल रकम भरी चेक बाउन्स गराएर मुद्दा हाल्ने भन्दै धम्क्याउने गरेको पनि पिडित सरावगीले जनरक्षा लाई बताए । सरावगीका अनुसार तिरी सकेको रकम पनि जोडेर शर्माले आफुलाई अनावश्यक टचर दिएको बताए । यता पृथ्वीधर शर्माले आफु समस्यामा परेको बताए पछि अरुसंग सापटी लिएर श्रण दिएको तर तिर्ने बेलामा विभिन्न कुरा निकालेको र पैसा नतिरेको वताए ।  पृथ्वीधर शर्माले आफुलाई अनावश्यक टचर दिनथालेपछि जिउधनको सुरक्षाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय र प्रहरीमा समेत शर्मा विरुद्ध उजुरी दिएको सरावगीले बताए ।

Facebook Comments Box
TOP
Shares