नेपाल–भारत क्रिकेट टुर्नामेन्ट : पद्मा र एमसीसी विजयी

भैरहवा, २४ फागुन

लुम्बिनीमा जारी नक आउट इण्डो नेपाल क्रिकेट टुर्नामेन्टमा सोमबारको खेल पद्मा होटेल क्लब र एमसीसी विजयी भएका छन् ।

लुम्बिनी नव युवा क्लबको अयोजनामा लुम्बिनीको पडरियामा  भइरहेको खेलमा पद्मा होटेलले ओजस क्रिकेट क्लब माथि ४२ रनले र एमसीसी मोनखोरिएले खान धकदै क्रिकेट क्लब माथि ८ विकेटको जित निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको पद्मा होटेलले ११ ओभरमा सबै विकेट गुमाउदै १०६ रन जोडेको थियो ।  होटेल पद्माको सन्जयले ११ बलमा ३३ रन, लातीफले १७ बलमा २२ रन जोडे । अन्य ओजसका इस्रारले ३३ रन खर्चिएर ३ विकेट लिए ।

१०७ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको ओजसले ८ ओभरमा सबै विकेट गुमाउदै मात्र ६४ रन जोड्यो।  ओजसको इस्रारले ११ बलमा २४ रन जोडे ।

ओजसलाई सस्तोमा रोक्न पदमाको मुन्ताजले ३ ओभरमा ३२ रन खर्चिएर ३ विकेट हात पारे ।  खेल को म्यान अफ द म्याच पनि मुन्ताज भए ।

त्यस्तै अर्को खेलमा टस जितेर  ब्याटिङ रोजेको खान धकधई क्रिकेट क्लबले ११ ओभरमा सबै विकेट गुमाउदै मात्र ५९ रन जोड्यो ।  जसका लागि के चौधरीले १२ रन जोड पनि अन्य खेलाडी टिक्न सकेनन् । एमसीसी मोनखोरिएका राजेशले ४ , मनोजले ३ र सुकलाले २ विकेट लिए ।

६० रनको लक्ष्य पाएको एमसीसीले २ विकेटको क्षतिमा लक्ष्य भेट्यो ।  एमसीसीका सदयमले २० बलमा ३१ रन , मजहरले १२ बलमा २२ रन जोडे । खेलको म्यान म्याच राजेश भए ।

नेपालका १६ र भारतका १६ गरि ३२ वटा क्रिकेट टिमले सहभागीता जनाउँदै छन् । दुईदेशीय प्रतियोगितामा चौथो वर्ष हुँदैछ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यस्तै, म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर लाई समेत पुरस्कृत गरिने अध्यक्ष अहमदले बताए । फाईनलमा नेपाल र भारतको टिम दुवै पुगोस भन्ने उद्देश्यले सोही अनुसार खेल तालिका बनाइएको क्लबका सचिव ईफ्तेखार आलमले बताए ।

Facebook Comments Box
TOP
Shares