थप ७४ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं फागुन २५ । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।सोही अवधिमा दुई हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार छ हजार ३९४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १९४जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३७६ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।सोही अवधिमा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख तीन हजार ६२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल पाँच हजार ८७५ जना सक्रिय सङ्क्रमित छन् ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
५ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…