प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
4.4kViews
0
Shares
भक्तपुर फागुन २५ , सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी बा.३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई ट्राफिक प्रहरी कार्यालय सल्लाघारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छुः केकी अधिकारी
January 25, 2025
1.9kViews 355 Shares Share on Facebook Share on Twitter काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा…