जापानले खानेपानी आयोजना सुधारका लागि २ अर्ब ७ करोड अनुदान दिने
![](http://janarakshya.com/wp-content/uploads/2022/03/Water.jpg)
काठमाडौं फागुन २७ : जापानले विराटनगरमा खानेपानी आयोजना सुधारका लागि २ अर्ब ७ करोड अनुदान दिने भएको छ। अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युताकाले बिहीबार अनुदानपत्रमा हस्ताक्षर गरेका हुन्।परियोजना कार्यान्वयनका लागि भएको अर्को अनुदान सम्झौतामा जाइका नेपालका प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयका आर्थिक सहयोग तथा समन्वय महाशाखा सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे। यो परियोजनाले विराटनगरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ। ‘अहिले विराटनगरवासीले खानेपानीका लागि कमसल इनारमा भर पर्नु परेको छ। सुरक्षित पिउने पानी अभावले प्रभावित भएका छन्।
यो परियोजनाले त्यसलाई सुधार गर्न मद्दत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ। नयाँ गहिरा इनार र पानी निर्माण गरेर एक लाख जनताका लागि स्थायी रूपमा सफा पानीको सुविधा प्रदान गर्न खोजिएको जापानी दूतावासले जनाएको छ।
राजदूत किकुताले नेपालीको जीवनस्तर उकास्न जापानले बहुआयामिक सहयोग गर्दै आएको बताए। ‘कोभिड—१९ महामारीका समयमा जापानले समयमै खोपसहित धेरै सहयोग विस्तार गर्यो। अन्य आर्थिक सहयोग पनि गरेको छ,’ उनले भने।
समाज
थप सामाग्री![](http://janarakshya.com/wp-content/uploads/2025/01/bishnu-paudel-468x300.jpg)
सरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…