अवैध लागूऔषध सहित पक्राउ
महोत्तरी फागुन २९ । गौशाला नगरपालिका-५ गौशाला बजारबाट करिब ५ केजी ५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-१ बगडा बस्ने ३५ वर्षीय हरेन्द्र साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हरिले गौशाला बजारस्थित आफ्नै घरको कोठामा लागूऔषध बिक्री बितरण गरीरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ मेचीपुल छेउबाट ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित मेचीनगर नगरपालिका-१२ बस्ने ४५ वर्षीय कुमार राजबंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आँउदै गरेका राजबंशीलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-९ स्थितबाट ७ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बहराईच बस्ने ३९ वर्षीय शिव कुमार पाठक र नेपालगंज उपमहानगरपालिका-९ बस्ने ३० वर्षीय प्रेम कहार रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ४० एएस ३५३७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-४ स्थितबाट १ ग्राम ७६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ
सहित सोही ठाउँ बस्ने ३९ वर्षीय धिरेन्द्र शाहीलगायत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारि पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-२ जुटपानी नहरबाट १ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजा र नगद ११ हजार ६ सय रुपैयाँ सहित मलंगवा नगरपालिका-१० बस्ने २७ वर्षीय मनोज पटेललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, अर्जुन्धारा नगरपालिका-४ भाङबारीबाट २ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३६ वर्षीय रेस बहादुर सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथ र घर कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ जगातीबाट ६ सय ४५ ग्राम अवैध लागूऔषध गाँजा सहित काठमाण्डौं सोह्रखुट्टे बस्ने गोरखा फुजेल गाउँपालिका-५ घर भएका ३० वर्षीय अर्जुन पन्त लगायत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । साँगाबाट सुर्यबिनायकतर्फ आउँदै गरेको प्रदेश ३-०२-००१ प ९०२ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी खोलाको बगरबाट करिब १ सय ८० केजी अवैध लागूऔषध गाँजा सहित हेटौंडा उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय बुद्धिमान वाइबा लगायत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा.७ च १६०६ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा लिई आईरहेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्दा पिकअप पछाडीको ढालामा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध सहित चालक वाइबा समेतलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्रीआर्थिक विकासका लागि महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमको सहकार्य जरुरी : ढकाल
September 9, 2024
1.2kViews 152 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक…