कार्यकाल सकिन लाग्दा पनि मेयर मिश्रको ब्रम्हलुट कायमै
भक्तपुर, २९ फागुन । चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले गरेको भ्रष्टाचारजन्य गतिविधिको विषयलाई लिएर जनरक्षा डटकममा प्रकाशित समाचार पुष्टि हुँदै आएको छ ।
मेयर मिश्रले चाँगुनारायण नगरपालिकाको मेयरको जिम्मेवारी लिएपछि पाँच वर्षभित्र करोडौं रुपैयाँ कमाउन सफल बन्नुका साथै आफ्ना आसेपासेलाई समेत करोडपति बनाउन भूमिका खेलेको उनकै पार्टीका नेताहरुले बताउने गरेका छन् ।
सिधै सर्वसाधारण जनताको स्वास्थ्यलाई असर पु¥याउँदै आएको झण्डै ६४ वटा इँट्टाभट्टा अवैधानिक रुपमा संचालन हुँदै आएकोले इट्टाभट्टलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीय सरोकारवाला, बुद्धिजीवी, सर्वदलीय नेताहरुको छलफल हुँदाहुँदै इट्टाभट्टा उद्योगहरुसँग प्रत्येक इँट्टाभट्टाबाट लाखौं रुपैयाँ असुल्दै वातावरण नै धुमिल बनाउने गरी निर्वाधरुपमा संचालन गर्न दिएका छन् ।
त्यस्तै दुवाकोट इन्जिनियरिङ्ग कलेजमा मेयरकै व्यापक भ्रष्टाचारजन्य गतिविधि भएको इन्जिनियरिङ्ग कलेजभरि चर्चाको विषय बनेको छ । त्यस्तै, चाँगुनारायण नगरपालिकाकै भूमाफिया जनप्रतिनिधिहरुको मिलोमत्तोमा खेतियोग्य जमिनदेखि लिएर डाँडाँकाडा, सार्वजनिक बन, बहाल बन, परिवन, पातले बन फडानी र राजकुलोसमेत मासी धमाधम जग्गा प्लाटिङ गरी आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पैसाकै खोलो बगाएर फेरि मेयर पड्काउने उद्देश्यका साथ जसरी हुन्छ पैसा कमाउन आफ्ना आसोपासेलाई लगाएको नेकपा एमालेका पुराना स्थानीय नेता दामोदर काफ्लेले सामाजिक संजालबाटै मेयरको कुकृत्यका बारेमा पोस्ट गरेका छन् ।
त्यसैगरी, नगरपालिकाको विकास बजेट आफूनिकट ठेकेदारलाई जिम्मेवारी दिई तोकेकोको मापदण्ड विपरित झारो टार्ने काम गरे पनि मेयर मिश्रकै निर्देशनमा सो कार्यलाई इन्जिनियरले पास गराई भुक्तानीसमेत गराउने गरेको नगरपालिकाकै कर्मचारीले जनरक्षालाई बताएका छन् ।
इमान्दार कर्मचारीहरुका अनुसार विकास कार्यको लागि जनप्रतिनिधिहरुबीच छलफल गरी बजेट कार्यान्वयन गराउनका लागिदेखि लिएर नगरपालिकाको नियमित बैठकसमेत नगरापलिकाको भवनमा नबसी नातागोता र कमिशनकै लागि आफ्ना नजिकका व्यवसायीको होटल, रिसोर्टमा गई जाँडपानीसहितको भोज गरी नगरपालिकाको बजेट सकाउने काम समेत गरेको बताएका छन् ।
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…