नियमविपरीत शुल्क लिँदै केयू

काठमाडौं फागुन १९ । ‘चिकित्सा शिक्षा आयोगले बीएससी नर्सिङ अध्ययनका लागि १० लाख रुपैयाँ शुल्क तोकेको छ। पढाइका क्रममा गरिने विभिन्न शैक्षिक क्रियाकलापको शुल्क पनि त्यसमै जोडिएको हुन्छ। छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई पनि कुनै अतिरिक्त शुल्क लाग्दैन,’ यो सबै २०७८ मंसिर ५ मा आयोगले जारी गरेको सूचनाले स्पष्ट पार्छ। तर, काठमाडौं विश्वविद्यालयले बीएससी नर्सिङको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क माग्न थालेको छ। छात्रवृत्तिका विद्यार्थीलाई पनि अतिरिक्त शुल्क भन्दै ९५ हजार रुपैयाँ मागिएको हो। यसमा रजिष्ट्रेसन, फिल्ड भिजिट र परीक्षा शीर्षकमा अतिरिक्त रकम जोडिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अप्रिल 26, 2025
1.6kViews 114 Shares Share on Facebook Share on Twitter खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष…