बाह्य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

चितवन फागुन २९ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा शनिबार चितवनमा आयोजित कार्यक्रममा ‘बाह्य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम – २०७८’ सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा बुधबारदेखि युनिक वाइल्ड रिसोर्ट सौराहा चितवनमा उक्त कार्यशाला सञ्चालन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरीका प्रशिक्षण प्रदायक सबै इकाईहरूमा बाह्य प्रशिक्षणको सवालमा एकरूपता कायम गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रशिक्षार्थीहरूलाई ज्ञानको साथै अनुशासन, सीप र धारणामा केन्द्रित भएर प्रशिक्षण प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै भर्ना छनौटलाई पारदर्शी बनाउन प्रशिक्षण प्रदायक सबै इकाईहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले छलफल तथा प्रस्तुतीकरणमा उठेका बिषयहरूमा टिप्पणी गर्नुभएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रतिष्ठानको प्रत्यक्ष मातहतमा रहेका नेपाल प्रहरी शिक्षालय भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, सातवटै प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालय महाराजगंज समेतका प्रमुखहरु, बाह्य प्रशिक्षकहरू तथा व्यवस्थापकीय समूहको सहभागिता रहेको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्री र सहभागी अधिकृतहरूबीच छलफल समेत भएको थियो ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…