समुन्द्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध

काठमाडौं फागुन ३०  । समुद्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध भएको छ । भारतीय रेलवेले रेक नदिएपछि हल्दिया बन्दरगाहमा आइपुगेको करीब २ लाख मेट्रिकटन कोइला रोकिएको हो ।
रेलवेले रेक नदिएपछि वीरगञ्जका व्यवसायीले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई गुहारेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले महावाणिज्य दूतावासलाई पत्र लेखेका हुन् ।यो समाचार आजको आर्थिक अभियान दैनिकमा  छ ।

Facebook Comments Box
TOP
Shares