अर्घाखाँचीमा कोभिड संक्रमण शून्य
अर्घाखाँची, चैत १ ।
अर्घाखाँची जिल्लामा सक्रिय कोभिड-१९ संक्रमितको संख्या शून्य भएको छ ।
माघको दोस्रो साता २२७ सम्म पुगेको सक्रिय संक्रमितको संख्या घटेर शून्य भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
लगातार ओरालो लाग्दै आएको सक्रिय संक्रमितको संख्या यही फागुन २७ गते ५ जना संक्रमित निको भएसंगै शून्य भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।
खनालका अनुसार हालसम्म अर्घाखाँचीमा कोभिड संक्रमित हुनेको संख्या ४ हजार ९ सय ६४ पुगेको छ । ४ हजार ७ सय ८० जना संक्रमण मुक्त हुँदा अर्घाखाँचीमा हालसम्म ९४ जनाको ज्यान गएको छ ।
सक्रिय संक्रमितको संख्या शून्य भए पनि जोखिम कायमै रहेकाले सचेतता अपनाउन निजि क्षेत्रबाट कोभिड परीक्षणमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको नेशनल प्याथ ल्यावका संचालक सागर पोखरेलले आग्रह गरे । नेशनल प्याथ ल्याव निजि क्षेत्रबाट कोभिड परिक्षण गर्ने अर्घाखाँचीको एकमात्र स्वास्थ्य संस्था हो ।
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…