बीस जनाविरुद्ध भ्रष्टाचार मुद्दा
![](http://janarakshya.com/wp-content/uploads/2022/03/aktiyar-758x445-1-e1624442968628.jpg)
काठमाडौँ, चैत १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राथमिक विद्यालयका तत्कालीन अध्यक्षसहित २० जनामाथि सोमबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी कायम गरी गैरकानुनी रूपमा भोगचलन गर्ने गराउनुका साथै बिक्री भएका जग्गामा पक्की घरसमेतका संरचना बनाउन लगाएर गैरकानुनी लाभ लिएको अख्तियारको आरोप छ ।अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विद्यालय व्यवस्थापन समितिको २०५१ साल वैशाख ११ गतेको बैठकले एक लाख ६९ हजार रुपियाँ लिई उक्त सार्वजनिक जग्गा भोगचलन गर्ने गराउने निर्णय गरेको थियो । अनुसन्धानका क्रममा उक्त प्रकरणमा तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्यसचिव (प्रधानाध्यापक) यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको संलग्नताको पुष्टि भएको छ ।मुद्दा दायर गरिएकामध्ये यामबहादुर बानियाँ, धुनबहादुर पुुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको मृत्यु भइसकेको छ । घनश्याम बानियाँ, यमबहादुर ठकुरी र हरिकुमारी महतमाथि उक्त रुपियाँ बराबरको बिगो मागदाबीसहित हदैसम्मको सजाय मागदाबी दिएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।त्यसैगरी सन्तबहादुर सिँजालीमगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धनबहादुर विकले एक लाख ६९ हजार ५१ रुपियाँ दिई सरकारी सार्वजनिक जग्गालाई भोगचलनसमेत गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको मृत्यु भइसकेकाले तीनै जनाबाहेकका हकमा कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ ।
त्यसैगरी अख्तियारले गोरखाको तत्कालीन हंशपुर गाविस र मुच्चोक गाविस–३ र ५ मा कार्यरत सचिव दीपकबहादुर दर्जीसहित चार जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबीसहित आरोपपत्र दायर गरेको छ ।
सचिव दर्जीसहित तत्कालीन गाविसका अहेव चन्द्रकान्त सुवेदी, स्वास्थ्य सहायक सुरेश दवाडी र कार्यालय सहयोगी विशाल विकले सामाजिक सुरक्षा भत्ताबापतको रुपियाँ हिनामिना गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा दाबी गरिएको छ । चारै जनामाथि कसुरको मात्राअनुसार कैद सजाय र जरिवाना माग गरिएको छ ।सचिव दर्जी र अहेव सुवेदीले ६० लाख ९७ हजार छ सय रुपियाँ, सुरेश दवाडी र दर्जीले २७ लाख २३ हजार दुई सय रुपियाँ, सुवेदी र दर्जीले ३३ लाख ७४ हजार चार सय रुपियाँ हिनामिना गरेको अख्तियारको आरोप छ ।गोरखापत्र बाट
समाज
थप सामाग्री-
प्रहरीको लेखापाल सरुवामा सधैँ चलखेल, नयाँ कार्यविधि बनाउन डीआईजीको नेतृत्वमा समिति गठन
-
आइतबार उपत्यकाका पालिकामा शोक बिदा
-
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दैलेखमा दुई जना किशोरीको मृत्यु
-
भगीरथ र सुनिताको तिजको कोसेली ‘गुलेलीले जुरेलीलाई’ सार्वजनिक
-
ज्योति विकास बैंकद्वारा ‘ज्योतिज गट ट्यालेन्ट’ को प्रथम संस्करण आयोजना
![](http://janarakshya.com/wp-content/uploads/2024/07/gyapan-patra_O8NoSQ7WeE-1-468x300.jpg)
प्रधानमन्त्रीलाई रुकुम पश्चिम र रुकुम पूर्वका कांग्रेस र एमालेको ज्ञापनपत्र
July 26, 2024
1.5kViews 331 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली…