सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीस्थित सडकमा बा.८५ प ५०६०  नम्बरको मोटरसाइकल र बा.४९ प ६१२३ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटनामा हुँदा स्कुटर चालक नागार्जुन नगरपालिका-१ रानीवन बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३५ वर्षीय हरी दुवाडीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box
TOP
Shares