साँगामा बृहत् एकीकृत खानेपानीको शिलान्यास

काभ्रे चैत २ ।
बनेपा नगरपालिका वडा नम्बर १३, १४ र बृहत् एकीकृत खानेपानीको शिलान्यास गरिएको छ । बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले उक्त बृहत् एकीकृत खानेपानीको शिलान्यास गर्नु भएको छ ।
प्रमुख बादेले नगरमा विकास निमार्णका काम तीव्र गतिले अगाडी बढेको बताउनु भयो । नगरपालिकाको १ घर १ धारा पु-याउने लक्ष्य अनुसार उक्त खानेपानी निमार्ण सम्पन्न पशचात नगरका १३ र १४ वडाका सम्पूर्ण घर धुरीलाई खानेपानी पुग्ने बताउनु भयो ।वडा नम्बर १ देखी ४ सम्मलाई आन्तरिक स्रोतको व्यवस्थापन गरिएको, ५,६,७,८ र ९ मा काभ्रे एकीकृत भ्यालीको खानेपानी मार्फत वितरण गरिने र १०, ११ मा डिपबोरिङ्ग मार्फत पानी वितरण गर्ने काम अन्तिम चरणमा पुगेको र वडा नम्बर १२ मा आन्तरिक श्रोत मार्फत वितरण गरी पुरै नगरबासीहरुलाई शुद्ध खानेपानी वितरण गर्न लागीएको प्रमुख वादेले बताउनु भयो । निर्वाचनमा गरिएका प्रतिबद्धताहरु पुरा हुँदै गएकाले आगामी निर्वाचनमा समेत एमालेको नेतृत्व आउने वादेले बताउनु भयो ।उक्त बृहत् खानेपानीको लागी खानेपानी सेवा नियमन तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत कुल लागत रकम ८० प्रतिशत रकम नेपाल सरकार र २० प्रतिशत उपभोक्ता संस्थाले बेहोर्नु पर्ने गरी कुल रकम अक्षे रुपी ९ करोड ८४ लाख ६९ हजार ९ सय ८ को लागत इष्ट मेटमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाबाट बनेपा नगरपालिकाको वडा नम्बर १३, १४ का ८ सय ७८ घरधुरीको जम्मा ५ हजार २ सय १२ जना लाभान्वित हुने वडा नम्बर १४ का अध्यक्ष गौरी राउतले बताउनु भयो ।आयोजना अन्तर्गत इन्टेक ६ वटा, सेडिमेन्टेसन टैङ्क २ वटा, स्लो स्यान्ड फिल्टर, पानी ट्याङ्की विभिन्न साईजका १० वटा, पम्पहाउस २ वटा, कलेक्सन ६ वटा पम्पीङ्ग स्टेज १ स्टेज, ट्रान्समिसन पम्पिङ्ग मेन १.१६ किमी, ट्रान्समिसन मेन १०.०१ किमी, वितरण पाईपलाई १६.९८ किमी र जम्मा पाइप लाइन २८.१५ किमी रहेको जनाएको छ । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले निर्वाचनमा गरिएका प्रतिबद्धता अनुसार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री गोकुल बास कोटाको पहलमा संघीय सरकार मार्फात र नगरपालिकाको समन्वयमा उक्त आयोजना शुरु गरीएको बताउनु भयो ।एक घर एक धारा अन्तर्गत स्थानीय उपभोक्ताहरुलाई उक्त खानेपानी आयोजनाले सहज गर्ने बताउनु भयो । निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार खानेपानी, पक्की सडक, विद्यालय, स्वास्थ्य चौकीका भवन, वडा कार्यालयका भवन, विभिन्न तालिम प्रदान गरी आत्मनिर्भर बनाईएको बताउनु भयो । सापकोटाले आयोजनाको काम गुणस्तरीयता गरी समयमा नै सम्पन्न गराउनु पर्ने बताउनु भयो । शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा नम्बर १३ का वडा अध्यक्ष सुर्यनारायण नापीत, १४ का वडा अध्यक्ष गौरी राउत, उपभोक्ता समितीका पदाधिकारी, स्थानीयको सहभागिता रहेको थियो ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
५ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…