धनुषा एमाले अध्यक्षमा राजकिशोर यादव

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी एमालेको धनुषा जिल्ला अध्यक्षमा राजकिशोर यादव निर्वाचित भएका छन् । नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट पुनः राजकिशोर यादव अध्यक्ष सर्वसम्मत निर्वाचित भएका हुन् ।
जनकपुरधामको रौनियार सेवा समितिमा सम्पन्न जिल्ला अधिवेशनले यादवलाई दोस्रो कार्यकालको लागि पनि सर्वसम्मत अध्यक्ष चयन गरेको हो । यसअघि २०७१ सालमा भएको एमालेको छैठौं जिल्ला अधिवेशनबाट पनि यादव अध्यक्ष चुनिएका थिए ।
अहिले सातौं जिल्ला अधिवेशनले उनको अध्यक्षतामा एमालेको १ सय ३५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चुनेको हो । जसमा उपाध्यक्ष भोला यादव, सचिवमा तेजनारायण यादव, उपसचिव तारालाम बस्नेत र उपसचिव श्याम पुर्वे चयन भएको नवनिर्वाचित अध्यक्ष यादवले जानकारी दिए
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…