आइजिपीबाटै तोडियो चेन अफ कमान्ड

काठमाडौं चैत ४ ।प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक आइजिपीको जिम्मेवारी दिएका थिए। एआइजीमा शाहीभन्दा हरिबहादुर पाल वरिष्ठ थिए। त्यसअघि थापाले एआइजी प्रद्युम्न कार्कीलाई कार्यवाहक आइजिपी दिँदा पाल बिदामा बसेका थिए। प्रहरी संगठनमा ‘चेन अफ कमान्ड’ भंग हुने काम गर्नु आइजिपी थापाको कमजोरी हो।सुरक्षा निकायसम्बद्ध संगठनमा प्रमुखले वरीयतालाई उपहास गर्नुलाई संवेदनशील मानिन्छ। यस्तो व्यवहार हुँदा तल्लो तहसम्मकै अधिकृत र जवानमा निराशा जन्मिन्छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…