पेस्तोल र गोली सहित पक्राउ

सिरहा चैत ६ , धनगढी नगरपालिका-११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।

Facebook Comments Box
TOP
Shares