करिश्मा आज एमाले प्रवेश गर्दै

काठमाडौं चैत ८ ।अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । यसअघि नै एमाले जाने बताएकी मानन्धर मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन् । एमाले नेता विष्णु रिजालका अनुसार मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले रिजालले जानकारी दिएका छन् । यसअघि उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरिन् । नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि पनि करिश्माले केही समय काम गरिन् । तर, विस्तारै उनी राजनीतिबाट निष्क्रिय बनिन् ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…