सप्तरीमा खुलेयाम तस्करी , घुमुवाले असुल्दै
राजविराज ८, चैत । सशस्त्र प्रहरी बलका तर्फबाट गणपति र बिओपी प्रमुखहरूले अहिले पनि घुमुवा राखेर रकम असुल्ने काम भने रोकिएको छैन ।
अहिले सप्तरीको विभिन्न नाकाबाट खुलेयाम तस्करी भैरहेको छ । घुमुवाहरूले गणपति र बिओपी प्रमुखहरूको नाममा खुलेयाम रकम असुली गरिरहेका छन् । घुमुवाहरू गणबाट नै परिचालन गरिएका छन् । घुमुवाहरूको सेटिङमा बिओपी तिलाठी क्षेत्रबाट तस्करीको लाइन पाउनेहरूमा अरूण यादव कपडा, जयप्रकाश महत्तो सूर्ति र माछा, विश्व महत्तो रक्सी र औषधी, ललन मण्डल रक्सी र मटर , बिरेन्द्र साह किराना, बासु साह सूर्ति, प्रभानन्द मेहता कपडा, छोटे साह कपडा, धनराज साह राजनिवास र रजनीगन्धा, रतो पण्डित रक्सी, ललिता मण्डलको महिला समूह कपडा र कारी यादव छन् । त्यसैगरी छिन्नामस्ता बिओपी क्षेत्रबाट घुमुवाको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा रविरन्जन सिंह रक्सी, कपडा र किराना, फ्लाइट यादव किराना, मनोज साह सूर्ति, मोहमद सदरूल किराना र मटर, बिनोद चौधरी रक्सी र मिथलेश यादव रक्सी रहेका छन् । त्यसैगरी बिओपी बननियांको क्षेत्रबाट तस्करीको लाइन पाउनेहरूमा फटुर सिंह, शिवशंकर सिंह, बिरेन्द्रले रक्सी, अशोक यादव सूर्ति र सन्तोष यादव रांगाभैसी छन् । तस्करीको सबै सेटिङ मिलाउने काम गणबाट खटिएका घुमुवाहरू गर्दै आएका छन् । उनीहरूले रकमको लेनदेन सुनसान र एकान्त ठाउँमा गर्ने गर्दछन् ।त्यसैगरी बिओपी पाती क्षेत्रबाट यिनै एसपी र घुमुवाको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा तरूणदेव यादव कपडा, मनतोष राई किराना, जितेन्द्र राई किराना र कस्मेटिक, मनोज चौधरी कपडा, कमलेश साह हार्डवेयर र किराना, महेश राई सुरेन्द्र राई रक्सी र रामविलास यादव कपडा रहेका छन् । सोरनपट्टीबाट केही तस्करहरूलाई तस्करीको लाइन दिएका छन् । सो क्षेत्रबाट तस्करीको लाइन दिएकाहरूमा उमेश साह किराना, महिला समूह किराना, कपडा, कस्मेटिक, महेन्द्र साह, बिरेन्द्र यादव रक्सी र कपडा, धुरण साह कपडा, किशोर मण्डल कपडा, सियाराम साह कपडा, रामलाल मण्डल कपडा रहेका छन् ।
समाज
थप सामाग्री५६ अंकले बढ्यो नेप्से
October 6, 2024
1.4kViews 409 Shares Share on Facebook Share on Twitter काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ५६ अंकले बढेको छ…