जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्सा चैत ९ ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 कोईरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ-नयाँ स्थानमा घुमफिर गराउने वहाना बनाई आफूसँग लगि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरी दर्खास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका-१३ बाट पक्राउ गरको हो ।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box
TOP
Shares