वडाबाटै शुरू भयो राष्ट्रिय परिचयपत्रको काम

बैतडी, चैत ९ ।

बैतडीमा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै गर्न शुरू भएको छ । यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण संकलनको काम वडा तहबाटै शुरु भएको हो । पहिलो चरणका सिगास र डिलाशैनी गाउँपालिकाका वडामा विवरण संकलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

विवरण संकलनका लागि ३५ जना विवरण दर्ता अपरेटर परिचालन गरिएका छन् । ‘परिचालन गरिएका अपरेटरले वडा कार्यालयमै विवरण संकलन गर्र्दै छन्’, उहाँ भन्नुहुन्छ– ‘एक वडामा कम्तीमा दुई केन्द्रमार्फत काम भइरहेको छ ।’ एक पालिकामा कम्तीमा १५ दिनसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ । दश स्थानीय तह रहेका बैतडीका अन्य स्थानीय तहका वडाहरुमा अर्को चरणमा विवरण संकलनको काम हुनेछ । विवरण संकलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र जारी गर्ने र सो परिचयपत्र वडाबाटै वितरण हुने जनाइएको छ ।

Facebook Comments Box
TOP
Shares