शववाहनमा मोटरसाइकल ठोक्किंदा आगलागी

काठमाडौं  चैत ९ : भक्तपुरको लोकन्थलीमा शववाहनसँग मोटरसाइकल जुध्दा मोटरसाइकलमा आगलागी भएको छ। आगो लागेर मोटरसाइकलमा पूर्णरुपमा क्षति पुगेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेका अनुसार दुर्घटना बिहान १० बजेतिर भएको हो।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल र सिन्धुपाल्चोकबाट पशुपति आर्यघाटका लागि शव लिएर आउँदै गरेको प्रदेश नं ३ ०१ ०२३ च २३५६ नम्वरको शवशाहन एकआपसमा ठोक्किएका थिए।

लोकन्थलीको पुलमुनि भएको दुर्घटनामा मोटरसाइकल चालक भेषकुमार श्रेष्ठ घाइते भएका छन्। सिद्धिचरण नपा १ ओखलढुंगाका क्षेष्ठको समिट अस्पतालमा उपचार भइरहेको पाण्डेले जानकारी दिए।

Facebook Comments Box
TOP
Shares