काँग्रेसमा आरजु देउवा हावी बन्दै

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले सामाजिक क्षेत्रमा विवाह पूर्व नै बलियो पहिचान स्थापित गरिसकेकी थिइन् । आरजुले शेरबहादुर देउवासँग विवाह गरेपछि आफ्नो मात्र नभई देउवाको व्यक्तिगत जीवनमा धेरै परिवर्तन र प्रगतिहरु ल्याउन सकिन् ।
आरजुसँग विवाह गरेपछि देउवा प्रधानमन्त्री भए । उनी पटक पटक प्रधानमन्त्री भए । काँग्रेसको निर्वाचित सभापति दुईपटक भइसकेका छन् । यसमा आरजुको महत्वपूर्ण भूमिका छ ।
देउवालाई १४औं महाधिवेशनमा सभापति जिताउन आरजुले मुख्य भूमिका निभाएको चर्चा छ । उनी स्वयं पनि केन्द्रीय सदस्य निर्वाचित भइन् । आरजुनिकट मानिएका धेरै काँग्रेस नेताहरु पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
आरजुले आफूनिकटस्थको व्यवस्थापनमा निकै ध्यान दिन थालेकी छिन् । नेविसंघको तदर्थ समिति गठन गर्दा पनि उनको भूमिका देखियो । नेविसंघ सभापति तोकिएका दुजाङ शेर्पा आरजुका निकट मानिन्छन् । आरजुकै इच्छा अनुसार दोजाङलाई ल्याइएको चर्चा काँग्रेसभित्र चलिरहेको छ ।
तरुण दलको अध्यक्षमा विद्वान गुरुङ ल्याइएका छन् । उनी पनि आरजुसँग निकट छन् ।
नेविसंघ र तरुण दलमा आफूनिकटस्थलाई बनाउन सफल भएपछि कैलाली पुगेकी आरजुले उम्मेदवारी घोषणा गरेकी छिन् । उनी कैलाली क्षेत्र नं ५ बाट चुनाव लड्ने भएकी छिन् । विगतमा आरजु कैलालीबाट पराजित भएकी थिइन् । यसपटक भने उनी क्षेत्र बलियो बनाउन दौडधूपमा छिन् ।
आरजुले भविष्यमा काँग्रेसको नेतृत्वमा पुग्ने चाहना राख्न थालेको बुझिएको छ । उनले त्यसका लागि पूर्व तयारी गर्न थालिसकेकी छिन् । पार्टीको कमिटीहरुमा आफूनिकटस्थहरुको व्यवस्थापनमा आरजुको ध्यान केन्द्रित हुन थालिसकेको छ ।
शेरबहादुर देउवा दुई कार्यकाल सभापति भएपछि विधान अनुसार तेस्रो पटक सभापति बन्न मिल्दैन । यसकारण पनि आरजुलाई स्थापित गर्नेतर्फ उनको ध्यान जान थालेको चर्चा काँग्रेसवृत्तमा चलेको छ । यसपटक काँग्रेसमा टिकट बाँडफाँडमा पनि आरजुकै चल्ने भन्दै उनीसम्म पुग्न नेताहरु सक्रिय भइरहेका छन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १३ गते शनिबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 26, 2025
3.0kViews 104 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…