चाँगुनारायण नगरपालिका-२ मा करणी गरेकोअभियोगमा अभियोगमा तामाङ पक्राउ

भक्तपुर चैत १० ।  १४ वर्षीया किशोरलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका-२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई दिनेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।

Facebook Comments Box
TOP
Shares