पाँच दिनभित्र ९० करोड बक्यौता तिर्न तीन क्सासिनोलाई आलेको अल्टिमेटम

काठमाडौं, चैत्र १० ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् । पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले अल्टिमेटम दिएका हुन् ।आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ । विभागले आज सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ । रोयल्टी र नवीकरणबापतको बक्यौता पाँच दिनभित्र नबुझाए कारबाहीको चेतावनी दिइएको छ ।यो समाचार रातो पाटीबाट साभार गरिएको हो ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अप्रिल 26, 2025
1.6kViews 114 Shares Share on Facebook Share on Twitter खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष…