ललितपुर महानगरपालिकामा चिरिबाबुको ब्रम्हलुट, महानगरलाई अर्बौं ऋणको भारी

रामशरण काफ्ले

ललितपुर, १० चैत । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो पाँच वर्षे कालकालमा महानगरलाई अर्बौ रुपैयाँ बेरुजु बनाई ऋणको भार थोपरिदिएका छन् ।
मेयर महर्जनले हिसावकितावै देखाउन नमिल्ने गरी एक अर्ब ७९ करोड ३८ लाख ४४ हजार रुपैयाँ केही आफ्ना आसेपासे कार्यकर्ता र ललितपुरका कांग्रेसी नेताको चुलो र विदेश भ्रमणमै यत्ति ठूलो रकम खर्च गरेको बहाना बनाउँदै हिनामिना गरी महानगरवासीको आँखामा छारो हाल्ने काम गरेका छन् ।
ललितपुर महानगरपालिकाको एक अर्ब ७९ करोड ३८ लाख ४४ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको गत वर्षको ५८ औं बार्षिक प्रतिवेदनले देखाएको हो ।
ललितपुर महानगरपालिकालाई मेयर महर्जनले हुँडार शैलीमा खोक्रा पारिसकेको नगरपालिकाका जनप्रतिनिधिहरुले नै सार्वजनिक रुपमै बताउने गरेका छन् ।
मेयर महर्जनले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट फेरि टिकट पाउनका लागि ठूलै धनराशी खर्च गरी साम, दाम दण्डभेद जस्ता अस्त्र प्रयोग गरी मेयरको टिकट ल्याउन कम्मरै कसेर लागेका छन् । मेयर महर्जनले मेयरमा निर्वाचित भएपछि कांग्रेसका कार्यकर्तादेखि लिएर कांग्रेसका शुभ चिन्तकहरुको फोन नउठाउने, देखेर पनि नदेखेको जस्तो गर्ने घमण्डपाराले हिटलरशैलीमा आफ्ना केही आसेपासे कार्यकर्ता र ललितपुर जिल्लाको नेपाली कांग्रेसका तत्कालिन सभापति तथा हालका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको प्रत्यक्ष निगरानी र ठाडो आदेशमा मेयर महर्जनले महानगरपालिकालाई ऋणको भारी बोकाउन र नियुक्तीमा पनि मनपरी गरेको महानगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले जनरक्षालाई गुनासो पोखेका छन् ।
मेयर महर्जनको पाँच वर्षे कार्यकालमा भएका कुकृत्य कार्यहरुको जनरक्षाले क्रमिक रुपमा सार्वजनिक गर्ने छ । मेयर महर्जनले गरेको कुकृत्यहरु यस्ता छन् ः
– विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्नका लागि अधिकत्तम एक जना व्यक्तिको दस लाख रुपैयाँ भन्दा बढी खर्च नलाग्नेमा कल्पना महर्जनलाई तीस लाख रुपैयाँ आर्थिक सहयोग गरी भ्रष्टाचार गरेको ।
– चितवनका जनताबाट ब्यापक बिरोध भैरहेको विवादीत गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन कार्यपालिका बैठकबाट निर्णय नगराइ वीस लाख रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाइ प्रदान गरीएको ।
– कोरोनाको कारणले बन्द भएको सदर चिडियाखाना जाउलाखेललाई जनावर तथा पशुपन्छीलाई दाना खुवाउन ललितपुर महानगरपालिकाको बैठकको निर्णय बिना दस लाख रुपैयाँ आर्थिक सहयोग गरिएको ।
– नेपाल सरकार, भौतिक योजना मन्त्रालय अन्र्तगतको सडक विभागको सडकको स्थापित मापदण्डलाई बेवास्ता गरी बिना कुनै अध्ययन सिमित स्वार्थ समूहको लहलहैमा लागि बाताबरण स्वच्छ बनाउने नाममा अत्याधिक प्रचार प्रसारसहित साइकल लेन, साईकल स्टाण्ड साथै सडकमा रंग रोगन गर्ने काम भएको छ । अहिले हेरेमा स्पष्ट हुन्छ की साइकल लेन व्यबहारिक छैन र साइकल स्टाण्ड भत्केर अस्तित्व समेत छैन । अहिलेको हाम्रो बाटोको अवस्था र सवारीसाधनहरुको संख्यालाई मध्यनजर राख्ने हो भने साइकल लेन आवश्यक हुंदाहुदै पनि सम्भव छैन भन्ने कुरा सर्वसाधारण नगरवासी लगायत सवैलाई थाहा नभएको होईन । नगरप्रमुखले साइकल लेन निर्माणको काम आर्थिक प्रलोभन र प्रचार मोहका कारण गरिएको कार्य मात्र हो ।
– महानगरपालिका भवनलाई अपांग मैत्री बनाउने नाममा कमिशन प्राप्त गर्ने लोभमा आवश्यकता भन्दा धेरै क्षमताको, महंगो र विलाशी लिफ्ट निर्माण गरी भ्रष्टाचार गरेको ।
– ललितपुर महानगरलाई ट्राफिक जाम मुक्त नगर बनाउने सिलसिलामा विना कुनै ईष्टिमेट, विना बजेट विभिन्न स्थानहरुमा ट्राफीक बत्तीहरु जडान गरियो । तर कमजोर गुणस्तर तथा मिलोमतोमा खरिद भएका कारणले जडान भएको बत्तीहरु राम्रो संचालन हुन सकेन र अहिले बत्तीहरु प्रयोगविहीन कवाडी सरह रहेको र केही बत्तीहरुको मर्मत गरी जेनतेन संचालन भएको ।
– ललितपुर महानगरपालिकाले हरेक बर्ष सम्पतिकरसँगै सरसफाई बापत पनि बार्षिक शुल्क उठाई आएको र निजी सरसफाई गर्ने ब्यवसायिक संस्थाहरुले पनि नगरबासीसँग मासिक सरसफाई शुल्क उठाई आएको सन्दर्भमा आर्थिक स्वार्थमा नगरबासीलाई यस्तो दोहरो मारमा पारी आएकोमा महानगरवासीहरु महानगरपालिकावाट ठगिएको महशुस गरी आएको ।
– सडकहरुमा पार्किङ्गको ब्यवस्था गर्ने नाममा आर्थिक चलखेलमा पार्किङ्ग ठेक्काहरु विभिन्न ब्यक्ति तथा संस्थाहरुलाई दिएको सन्दर्भमा कुरा गर्दा डिस्कोभरी पार्किङ्ग नामको संस्थालाईलाई बिना टेण्डर पाँच बर्षका लागि दिएको ठेक्का सबैभन्दा विवादास्पद र ठुलो आर्थिक चलखेल भएको थियो । यस सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी कारवाही शुरु भएको र तत्पश्चात उक्त ठेक्का रद्द गर्ने निर्णय गरेको । तर नगरप्रमुखको अदुरदर्शी सनकको निर्णय भएका कारणले दोश्रो पक्ष डिस्कोभरी पार्किङ्गले हानी नोक्सानी क्षतिपुर्ति माग गर्दै उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको र अहिले उक्त मुद्दा विचाराधिन अबस्थामा रहेको ।
– नेपाल प्रहरीका पूर्व निरीक्षक सीताराम हाछेथुंलाई बार्षिक पाँच लाख रुपैयाँ पारिश्रमीक दिने गरी तोक आदेशको भरमा बरीष्ठ प्रहरी निरीक्षकमा २०७७ भाद्र ५ गते एक बर्षका लागि नियुक्ति गरीएको र नियुिक्त पाएका उक्त कर्मचारीले अधिकांश समय महानगरको अन्य कार्य नगरी ट्राफिक प्रहरीको मात्र काम गरेकोमा चौतर्फी बिरोध भएको छ । निज हाछेथुको नियुक्तीलाई २०७८ साल असार ३१ गते मध्य राति सम्पन्न छैठौ नगर परिषदको बैठकवाट नियुक्ति बदर गरी सल्लाहकारमा नियुक्ती गर्ने निर्णय भएकोमा नगर परिषदको निर्णयलाई बेवास्ता गरी अहिले युनिफर्म सहितको प्रहरी कर्मचारी सरह एक्सन पुलिस टिम गठन गरी जनपद प्रहरीको सरह काम लगाई आएकोमा पनि ब्यापक बिरोध भएको छ ।
– स्थानिय जनताको ब्यापक विरोधका बावजुद बाक्लो बस्ती विच वडा नं ११ शंखमुलमा विद्युतीय शव दाह गृह निर्माण गर्ने नाममा चलनचल्तीको प्रति आना सत्र लाख रुपैयाँमा बेच्न तयार भएको जग्गालाई प्रति आना तीस लाख रुपैयाँमा दुइ रोपनि खरिद गरेका छन् । स्थानीय जनता उक्त स्थानमा कुनै पनि हालतमा विद्युतीय शव दाह गृह निर्माण गर्न नदिने भनी आन्दोलनमा उत्रेको साथै उच्च अदालत, पाटनमा विद्युतीय शव दाह गृह निर्माण रोक्का गर्नका लागि निषेधाज्ञाको मुद्दा दायर गरेको र हाल विचाराधीन अवस्थामा छ ।
– महानगरपालिकाको भवन नजिक नस्टोलमा रहेको ऐतिहासिक नस्त्वा पलेस्वां पुखु समय परिस्थितिले पोखरी सुख्खा भएको र केही समय अस्थायी फोहर संकलन केन्द्र संचालनमा ल्याएको थियो । २०७२ सालको विनाशकारी भूकम्पका कारण बिस्थापित करीब १२०० परिवार उक्त स्थानमा अस्थायी बासको ब्यवस्था गरिएको थियो । त्यसपछि स्थानीय टोलबासीहरुले गठन भएको नस्त्वा मंकाः खलःले अस्थायी बस पार्क संचालन गरेको र स्थायी रुपमा पोखरी नै निर्माण गरिनुपर्ने भन्ने कुरामा संस्कृतिविदहरु र जनताहरुको माग रहेकोमा सांस्कृतिक महत्वको नस्त्वा पलेस्वां पुखु पर्यटन बर्ष २०२० को लागि मात्र प्रयोग गर्ने गरी एक बर्षको टेण्डर गरी मासिक १६१,०००।०० मा सवारी पार्किङ्गको लागि प्रयोग गर्न दिएकोमा टेण्डरको म्याद समाप्त भैसक्दा पनि अहिलेसम्म पनि आर्थिक लाभ लिएर निरन्तरता दिएको ।
– महानगरको सुन्दरता बढाउने, वातावरण स्वच्छ राख्ने नाममा महानगरको विभिन्न स्थानहरुमा पोखरी तथा पार्कहरु ठेक्का दिँदा आर्थिक स्वार्थ र चलखेल भएको गुणस्तरीय काम नभएको कारणले नगरबासीहरु लाभान्वित नभएको, जसको सबैभन्दा ठुलो उदाहरण भनेको वडा नं २० मा करीब एक करोड चालीस लाख रुपैयाँको लागतमा पूनर्निमाण गरीएको पूर्णचण्डी पोखरी हो । त्यस्तै ललितपुर महानगरपालिका वडा नं ५ लगनखेल स्थित न्हू पोखरीको पुनर्निमाण गर्ने सन्दर्भमा पनि एक करोड रुपैयाँको लागतमा निर्माण कार्य आरम्भ गरेकोमा व्यापक भ्रष्टाचार भएको भनी सम्वन्धित संस्थाहरुमा उजूरी परेकाले हाल काम रोक्का भै छानविन भैरहेको ।
– वर्तमान नगरप्रमुखले स्मार्ट सीटी बनाउने नाममा इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकको आनन्द निकेतन भवनलाई बाहिर सडकवाट पनि देखिने गरी बनाउने साथै जाउलाखेलको फुटवल ग्राउण्ड र लगनखेलको फुटवल ग्राउण्डको अझ अर्को वीस बर्षसम्म भत्काउनु नपर्ने कम्पाउण्डवाल भत्काई बाहीरवाट सर्वसाधारणले देखिने गरी अनावश्यक निर्माण गर्ने कार्य गरी भ्रष्टाचार गरेको ।
– आर्थिक बर्ष २०७७÷७८ को बजेट पुिस्तकानै प्रकाशन नभएको अबस्थामा इन्टरनेटलाई २ करोड ५ लाख रुपैयाँको लागतमा टेण्डर निकालेको थियो । यो भ्रष्टाचारजन्य कार्यको प्रतिपक्षले छैठो नगर परिषद बैठकमा ब्यापक आवाज उठाएका थिए ।
– पुल्चोक कुपण्डोल सडकको बीचमा रहेको आइल्याण्डको मम्र्मत संभार ब्यवस्थापन गर्नका लागि दुई बर्षको सहमति भएकोमा र सहमति पत्रमा प्रमुख प्रशासकीय अधिकृतले दस्तखत समेत भएकोलाई नगरप्रमुखले त्यसलाई दश वर्षको बनाई भ्रष्ट्राचारजन्य उद्देश्यले पुनः दस्तखत गरेको भनी प्रचार प्रसार समेत भएको ।
– कोरोना महामारीको कारणले हजारौं बर्षदेखि निरन्तर रुपमा सन्चालन भै आएको सम्पूर्ण हिन्दु एवम् बौद्ध धर्मालम्वीका आस्थाका केन्द्र करुणामय लोकेश्वर मच्छिन्द्रनाथको रथयात्रा परम्परागत रुपमा चली आए सरह २०७७ र २०७८ सालको यात्रा सन्चालन गर्न संभव नभएकोमा नगरप्रमुख चिरीबाबु महर्जनले ललितपुरका जनताको धर्म संस्कृति संरक्षणमा अभिभावकीय भूमिका खेल्नुपर्नेमा असक्षम भै अझ प्रत्यक्ष निर्देशनमा २०७७ सालको जात्राको सन्दर्भमा प्रहरीसँगको झडपमा सयौं नगरवासी घाइते भै कैयौंलाई प्रहरीले धरपकड गर्नु पर्ने बातावरण सृजना भएको र २०७८ सालको रथयात्रालाई पनि धर्म संस्कृति परम्परा विपरीत कार्यक्रम छोट्याईएकोमा महानगरबासिको ब्यापक असन्तुष्टि रहेको ।
– नगरप्रमुख चिरीबाबु महर्जनले लोकप्रिय हुनका लागि प्रधानमन्त्री खडगप्रसाद ओलीको शैलीमा बिना बजेट, बिना कार्यक्रम मनलाग्दी तरीकाले महानगर परिषद, कार्यपालिका बैठकबाट निर्णय समेत नगराई जथाभाबि तरीकाको निर्णय गरी प्रचारप्रसार गर्ने गरेको छ । यस्तो केही कामहरुको फेहरीस्त तल यस्तो छ ः

– १७ करोड ३६ लाख रुपैयाँको लागतमा बल्खु कोटेश्वर सडकखण्डमा सडक बत्ती जडान गर्नका लागि ललितपुर महानगरपालिका, सडक विभाग र नेपाल बिद्युत प्राधिकरण विच सहमति पत्र दस्तखत भएको छ । त्यसमा महानगरपालिकाले ६० प्रतिशत र सडक विभागले ३ करोड लगानी गर्ने निर्णय भएको छ ।
– लगनखेल स्थित सप्तपाताल पोखरी र राजदल ब्यारेक भित्रको पोखरी निर्माणका लागि राजदल ब्यारेकसँंग सहमति पत्र दस्तखत गरी सिलान्यास समेत गरेको ।
– ६५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई न्यूमोनियाको खोप दिने घोषणा गरेकोमा सो कार्य आंशिक रुपमा मात्र सम्पन्न भएको ।
– कोरोना भाइरस नियन्त्रणका लागि महानगरपालिकाले शीत भण्डार तथा अन्य आबश्यक पुर्वाधार विना उत्पादकसँग सिधा खोप खरीद गर्न गरेको प्रचार ।
– ललितपुर दरवार क्षेत्रका कृष्णमन्दिर, भीमसेन मन्दीर, च्यासिंग देवल, चार नारायणको मन्दिर आदि मठमन्दीर लगायत सांस्कृतिक सम्पदाहरु २०७२ सालको विनाशकारी भूकम्पका कारण ध्वस्त भएकोमा नेपाल सरकार पुरातत्व विभाग, राष्ट्रि«य पुनर्निर्माण प्राधिकरण तथा स्वदेशी तथा विदेशी दातृ निकायहरुको आर्थिक तथा प्राबिधिक सहयोग प्राप्त भै केही पुर्ननिर्माण भैसकेको र केही पुर्ननिर्माणको क्रममा रहेको छ । त्यसै क्रममा पाटन दरवार क्षेत्रमा रहेको भीमसेन मन्दिर ललितपुर उद्योग बाणिज्य संघको संयोजकत्वमा ४ करोड ९३ लाख रुपैयाँको लागतमा पुर्ननिर्माण गर्ने क्रममा एभरेष्ट बैंक लि.ले १ करोड रुपैयाँ, नेपाल ईन्भेष्टमेन्ट बैंक लि. ले १ करोड रुपैयाँ र ललितपुर महानगरपालिकाबाट १ करोड रुपैयाँ तथा बाँकी अन्यबाट सहयोग प्राप्त गरी कार्य सन्चालन भैरहेको छ । त्यस्तै महानगरपालिकाको आर्थिक लगानीमा बुंगमतीको मच्छिन्द्रनाथ मन्दिरको पुर्ननिर्माण भैरहेको छ । यस्ता महत्वपुर्ण मठमन्दिर निर्माणका लागि महानगरपालिकाले नेतृत्वदायी भुमिका नखेल्ने तर मैले गरेको भनी प्रचार गर्ने शैलिलाई महानगरवासीहरुले मपाइवादको उदाहरणका रुपमा लिने गरेका छन् ।
– ललितपुर महानगरलाई वल्र्ड क्राफ्ट सीट काउन्सीलबाट यसको बैभवलाई कदर गर्दै सदस्यता प्रदान गरेको साथै ३५औं कला नगरी घोषणा गरेको थियो । उक्त सदस्यता प्राप्त भएको खुशीयालीमा महानगरले गरेको विभिन्न कार्यक्रमहरुमा जथाभावी भ्रष्टाचारजन्य खर्चहरु गरिएको साथै कला नगरी घोषणा भए पश्चात सो घोषणा अनुरुप हस्तकला, काष्ठकला, प्रस्तरकला आदिको संरक्षण सम्वद्र्धन नभएकोमा पनि ब्यापक जनगुनासो छन् ।
– पाटन अस्पतालका चिकित्सक, नर्स तथा अन्य स्वास्थकर्मिहरुलाई कोरोना महामारीको पहिलो चक्रका क्रममा संक्रमित बिरामीहरुका लागि जिम्मेवारीपूर्वक सेवा गरेको सम्मान गर्दै दिवा खाजाका लागि आमन्त्रण गर्ने भनि ०७६ चैत्र १४ गते लिखित जानकारी गराएकोमा नगरप्रमुख चिरिवावु महर्जनले आश्वासन पुरा नगरेकोमा सम्वन्धित सबैले गफाडी जोकर भनी हांसोका रुपमा लिने गरेको ।
– मित्रराष्ट्र स्पेनको स्वायत प्रान्त एक्टेमदुराका सभामुख तथा समाजवादी पार्टीका अध्यक्ष ब्लान्का मार्टिन डेलगाडो सहीतको प्रतिनिधिमण्डलको ०७८ साल कार्तिकमा ललितपुर महानगरपालिका भ्रमणको समयमा पाटन दरवार क्षेत्रवाट विश्व प्रसिद्ध हिरण्यबर्ण महाविहारको अवलोकन गर्न जाँदा महानगरपालिकाले ऐतिहासिक दरवार क्षेत्रमा बाटो ढलको राम्रो ब्यवस्था नगरेका कारणले बाटो विगे्रको हिलो भएको र बिदेशी पाहुनाहरु हीलो बाटोमा हिँड्न बाध्य भएका कारणले सम्पुर्ण महानगरवासिहरु लाजले भुतुुक्क भएको ।

 

Facebook Comments Box
TOP
Shares