राजधानीमा फेरि अर्काे सुन विवाद, प्रहरी चनाखो !

 

काठमाडौं  चैत ११ ।  ” सुन” शब्द सुन्नासाथ कसको मात्रै ध्यान नतानिएला र ?
त्यसमाथि पनि “सुन विवाद” पुलिस त चनाखो हुने नै भयो ।
सुन विवादमा व्यापारी र ओसारपोसारकर्ता मात्र होइनन्, प्रहरी अधिकारीसमेत कारवाहीमा परेका घट्ना ताजै छन् ।
हालै राजधानीमा फेरि एउटा सुन विवाद निस्केको छ । साझेदार-साझेदारबीच देखिएको सुनमा लगानी सम्वन्धी विवाद प्रहरीमा पुगेको अवस्था छ ।
व्यापारीक केन्द्र न्यूरोडस्थित एक गहना पसलमा नेपाली साझेदारसँग लगानी गरेका भारतीय साझेदारले आफूमाथि उक्त गहना पसलका सञ्चालकले करोडौं ठगी गर्न खोजेको गुनासो गरेका छन् ।
यो विवाद भारतीय दूतावास हुँदै प्रहरीसम्म पुगेको अवस्था छ ।
प्रहरीमा दुवै पक्षका साथसाथै सुनचाँदी व्यापारसँघका पदाधिकारी समेतको रोहोवरमा छलफल भएको र एकसाता भित्रै लेनदेन विवाद टुंग्याउने सहमती भएको बताइएको छ ।
गहना पसलका शाक्य थरका नेपाली साझेदारले सुन सप्लाई तथा व्यापारको काम सँगसँगै गरेको, आफूहरु निकै मिल्ने साथी रहेको बताउँदै हिसावकिताव छिट्टै ‘सटआउट’ हुने बताए ।
“बदमासी गर्न खोजेको होइन, हिसाव किताव त हुनु पर्यो नि । आईतबारसम्म टुंगिएला”, उनको भनाइँ छ ।
त्यसैगरी प्रहरीमा मिडीयटरको भूमिका खेलेका शाक्य थरका व्यवसायी सँघका पदाधिकारीले पनि व्यक्तिगत कारोबार भएता पनि आफूहरु उक्त विवाद मिलाउन प्रयासरत रहेको बताए । “विवाद चाँडै टुंगिन्छ, समझदारीमा काम अगाडी बढिरहेको छ”, उनले भने ।
तर, वर्मा थरका आफूलाई पिडीत दावी गर्ने भारतीय साझेदारको भने गुनासो छुट्टै छ । “हिसाव माग्न थालेको निकै भयो, सायद भारतीय ठानेर हिसाव देखाउन आनाकानी गर्न पो खोज्नु भएको हो कि ?” उनले भने, हामी साथी-साथी जस्तो भएर पार्टनरशिपमा काम गर्यौं, लगानी पनि गरेको छु अनी प्रफिटको पनि हिसाव गरीएको छैन ।”
नेपाली साझेदारले हिसाव दिने नाममा समय थप्दै जाँदा आफूहरुको काठमाडौंको महंगीमा आर्थिकभार मात्र थपिएको पिडा उनले सुनाए ।
सुन व्यवसाय गम्भीर प्रकृतीको भएकाले तत्कालका लागि पात्रहरुको नाम सार्वजनिक गरिएको छैन, यस बारे थप अनुसन्धान जारी छ ।

Facebook Comments Box
TOP
Shares