ललितपुर महानगरपालिकाको २३ नम्बर वडा कार्यालय भवन समुद्घाटन

ललितपुर चैत ११ । ललितपुर महानगरपालिकाको वडा नं. २३ को भवन निर्माण कार्य पूरा भई चैत ११ गते समुद्घाटन भएको छ ।

भवनको समुद्घाटन प्रमुख अतिथि नेपाल सरकारको उर्जा तथा जलस्रोत मन्त्री माननीय पम्फा भुषालबाट भएको छ । सो समुद्घाटन कार्यक्रममा विशेष अतिथि प्रदेश सांसद मैया अछामी, देवकी श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, उपमेयर गिता सत्याललगायत रहनु भएको थियो ।

सो भवन निर्माण समितिका अध्यक्ष भरत महर्जनको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा २३ नम्बर वडाका वडा अध्यक्ष भुयुकाजी महर्जनले स्वागत मन्तव्य दिँदै वडाको आफ्नै भवन नभएको बेला समाजसेवी भरत महर्जनले आफ्नै भवनमा निःशुल्करुपमा संचालन गर्न दिएको र वडा भवन निर्माणको जिम्मेवारी पनि सफलतापूर्वक सम्हाल्दै व्यक्तिगतरुपमा सबैभन्दा बढी आर्थिक सहयोग गरेकोमा महर्जनलाई धन्यवाद दिनुभएको थियो । स्वागत मन्तव्यकै क्रममा समाजसेवी भरत महर्जनले २३ नम्बर वडा कार्यालय मात्र नभई सातदोबाटो प्रहरी वृत्त, ट्राफिक कार्यालय, श्रीकृष्ण माविलगायतका भवन निर्माणसमेत सफलतार्पूवक सम्पन्न गरी समाजसेवामा बेग्लै पहिचान बनाई सकेको वडा अध्यक्ष भुयुकाजी महर्जनले बताउनु भएको थियो ।

भवन निर्माण समितिका अध्यक्ष भरत महर्जनले २३ नं. वडा कार्यालय निर्माण सम्पन गराउनको लागि आर्थिक, भौतिक र विभिन्न रुपमा सहयोग गर्नुहुने दाताहरुलाई धन्यवाद दिनुभएको थियो ।

Facebook Comments Box
TOP
Shares